राजपाद्वारा बन्दको घोषणा: बादल र योगेशको पुत्ला जलाउने - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

राजपाद्वारा बन्दको घोषणा: बादल र योगेशको पुत्ला जलाउने



काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) धनुषाले सांसद प्रमोद साहलाई पक्राउ गरेको विरोधमा बन्द हडतालसहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

बुधबार राजपा धनुषाले आयोजना गरेको सर्वपक्षीय अन्तरक्रिया कार्यक्रमबाट राजपा नेता तथा संगठनबाट आएको सुझावका आधारमा राजपाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

आन्दोलन अन्तर्गत बिहीबार जनकचोकमा गृहमन्त्री राम बहादुर थापा बादल र नागरिक उडड्यनमन्त्री योगेश भट्टराइको पुतला दहन, शुक्रबार मसाल जुलुस प्रदर्शन र शनिबार पूर्ण रुपमा धनुषा बन्द गर्ने निर्णय गरेको हो।

यति गर्दा पनि सांसद साहलाई रिहा नगरे थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने राजपा प्रदेश २ का प्रमुख सचेतक परमेश्वर साहले बताए।