मिलन पाण्डे बने विवेकशील नेपाली दलको अध्यक्ष - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

मिलन पाण्डे बने विवेकशील नेपाली दलको अध्यक्ष



काठमाडौं- विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित भएका छन्।

 आफ्ना प्रतिस्पर्धी शिव थापालाई पराजित गर्दै मंगलबार पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन्।

पाण्डेले ५८ प्रतिशत मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी शिवप्रसाद थापाले ३७ प्रतिशत मत प्राप्त गरे। सो मतदानमा ५ प्रतिशत मत नो भोटमा खसेको थियो।

त्यस्तै महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जिव भट्टराई निर्वाचित भएका छन् भने उपाध्यक्ष, व्यवस्थापन सचिव र कोषध्यक्षको चुनाव आज हुँदैछ।

विवेकशीलको राष्ट्रिय सम्मेलन मंगलबारदेखि जनकपुरमा सुरु भएको हो। सम्मेलन कात्तिक २ गतेसम्म चल्ने विवेकशीलले जनाएको छ।