महराकै कारण उपसभामुख तनावमा: पद छोड्न निर्देशन - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

महराकै कारण उपसभामुख तनावमा: पद छोड्न निर्देशन



काठमाडौं। बलात्कार प्रयास आरोप लागेका कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि नयाँ सभामुखको बहस सुरु भएको छ।

सभामुख पद लिन नेकपाले उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा गराउने तयारी गरेको हो। सभामुख र उपसभामुख एउटै दलको हुन नपाउने संवैधानिक व्यवस्था छ। सभामुख पद लिन नेकपालाई उपसभामुख पद छाड्नुपर्ने बाध्यता छ।

निवर्तमान सभामुख महराले दोष खेप्दा तुम्बाहाङफेको पद धरापमा देखिएको छ। सभामुख पद लिन उपसभामुख छाड्ने निष्कर्षमा नेकपा नेतृत्व पुगिसकेको छ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार तुम्बाहाङफेलाई बालुवाटार बोलाएर राजीनामा गर्न सुझाव दिएका थिए। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खवर छ ।