महराको बयान लिइयो: के भने ? - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

महराको बयान लिइयो: के भने ?



काठमाडौं- संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जर्बजस्ती अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान लिइएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान लिइएको हो ।

महरामाथि घटनाको सेरोफेरोमा सरकारी वकिलहरुले बयान लिएका थिए । बयानका क्रममा उनले अभियोग अस्वीकार गरेको स्रोतले बताएको छ ।

बयानपछि महरालाई काठमाडौं जिल्ला अदालत लगिने भएको छ । उनलाई थप अनुसन्धानका लागि म्याद थप गर्ने तयारी गरिएको छ ।

दशैं बिदाका कारण म्याद थपका लागि अदालत नलगिएकोमा बिदा समाप्तीपछि अदालत लगिने लागिएको हो । महरा १९ असोजमा सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए ।