बुद्ध एयरको जहाज 'डिले' भएपछि सांसदले गरे तोडफोड - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

बुद्ध एयरको जहाज ‘डिले’ भएपछि सांसदले गरे तोडफोड



जनकपुरधाम : राजपाका सांसद प्रमोद कुमार साहले जनकपुर विमानस्थलमा कार्यालय तोडफोड गरेका छन् । उनले जहाज ढिलो भएको भन्दै उनले बुद्ध एयरको कार्यालय तोडफोड गरेका हुन्।

सर्लाहीको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संघीय सांसद साह विमान ढिलो भएको भन्दै तोडफोडमा उत्रिएका हुन् । ११ : ४० मा उडान भर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएको भन्दै उनले यस्तो कार्य गरेका हुन्। व्यवस्थापन पक्षले चरम लापरवाही गरेको उनको आरोप छ ।

सांसद साहले जहाजमा विरामी भएको समयमै काठमाडौं पुग्नुपर्ने थियो तर जहाज आउने, नआउने कुनै सूचना पाइएन, व्यवस्थापन पक्षलाई भन्दा कुनै वास्ता गर्दैन, बाध्य भएर काउण्टरमा बुझ्न जाँदा तोडफोड भएको बताएका छन्।