राष्ट्रपति 'सी'ले नेकपा नेताहरूलाई भने: कम्युनिष्ट बन्नको लागि सरल र पारदर्शी बन्नुहोस - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

राष्ट्रपति ‘सी’ले नेकपा नेताहरूलाई भने: कम्युनिष्ट बन्नको लागि सरल र पारदर्शी बन्नुहोस



काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनफिङले कम्युनिष्ट नेताहरूले अपनाउनुपर्ने व्यबहार र आचरणबारे नेताहरूलाई सुझाव दिएको बुझिएको छ ।

उनले तडकभडकपूर्ण जीवन नबिताउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वलाई सुझाव दिएका छन् ।

आइतबार बिहान होटल सोल्टी क्राउन प्लाजामा नेकपा सचिवालय सदस्यहरुसँग सामूहिक रुपमा भएको भेटमा राष्ट्रपति सीले कम्युनिष्टहरुले सरल र पारदर्शी जीवन बिताउनुपर्ने बताए । भेटमा सहभागी एक सचिवालय सदस्यका अनुसार सीले सिधै नेकपा नेताहरुको जीवन शैलीप्रति आलोचना त गरेनन्, तर त्यसको स्पष्ट संकेत भने गरे ।

कम्युनिष्टहरुको व्यक्तिगत जीवन सरल र पारदर्शी नभए समाजवाद सम्भव नरहेको उनको भनाइ थियो । ‘हामी कम्युनिष्टहरुको जीवनशैली सरल र पारदर्शी हुनुपर्छ’, सीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘कम्युनिष्ट नेता/कार्यकर्ताको जीवनशैली तडकभडकपूर्ण भयो भने समाजवाद आउँदैन र आए पनि टिक्दैन ।’ सीका कुरा सुनेर नेकपाका नेताहरुको अनुहार रातो भएको थियो ।

राष्ट्रपति सीले स्वदेश फर्कनुअघि अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेकपा नेताहरुलाई भेटेका थिए । दुई दिने राजकीय भ्रमणका लागि शनिबार आएका सी आइतबारै बेइजिङ फर्केका छन् ।