चिनियाँ राष्ट्रपतिको भ्रमणप्रति डा. भट्टराईको चर्को असन्तुष्टि - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

चिनियाँ राष्ट्रपतिको भ्रमणप्रति डा. भट्टराईको चर्को असन्तुष्टि



काठमाडौं– पुर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले चीनका राष्ट्रपति सी को भ्रमणबारे चर्को असन्तुष्टि जनाएका छन् ।

उनले आइतबार ट्वीट गर्दै राष्ट्रपति सीलाई मधेस केन्द्रित वा आधार भएका दलका नेताहरूसँग पनि भेटाउनुपर्ने उनले जिकिर गरेका छन् ।

उनले भनेका छन्,‘अन्यथा उत्तरी छिमेकीले हिमाल, पहाड र दक्षिण छिमेकीले मधेस र तराई मात्र हेर्ने गलत परम्परा बस्न र भावनात्मक दूरी बढ्न सक्छ ! भविष्यमा यस्ता संवेदनशीलतामा ध्यान पुगोस् !’ उनले भ्रमणको क्रममा सरकारले केही कुरामा ध्यान नपुर्याएको भन्दै टिप्प्णी गरेका छन् । नेपालका संवैधानिक राष्ट्रपतिसँग शिष्टाचार भेट मात्र गरेर सबै औपचारिक वार्ता र सहमति र समझदारी कार्यकारी प्रसंग हुनुपर्ने उनले टिप्पणी गरेका छन् ।

समाजवादीका अध्यक्ष भट्टराईलाई रात्रीभोजमा मात्र निमन्त्रणा गरेको थियो । नेकपा र काँग्रेसका अध्यक्षलाई मात्र राष्ट्रपति सीले भेटेका छन् । राष्ट्रिय दलमा रहेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीलाई समेत भेट्नुपर्ने उनको चाहना रहेको छ ।