सी भ्रमण लगत्तै प्रचण्डले गरे अर्को 'ब्रेक थ्रु' गर्ने सङ्केत - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

सी भ्रमण लगत्तै प्रचण्डले गरे अर्को ‘ब्रेक थ्रु’ गर्ने सङ्केत



काठमाडौं- पुर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)ले अर्को फड्को मार्ने संकेत देखाएका छन् ।

नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको दसैं, तिहार तथा छठको शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपाली कांग्रेसको कार्यक्रममा आउँदा आफ्नै सहयात्रीका बीच आएजस्तो अनुभूति हुने भन्दै काङ्ग्रेससँग फ्री पनि सहकार्य गर्नसक्ने बताएका हुन् ।

उनले कांग्रेससँग पहिले पनि सहकार्य भएको र फेरि पनि सहकार्य हुन सक्ने बताए। कांग्रेसका नेताहरुसँग भेट्दा सहयात्रीसँग भेटघाट गरे जस्तो महसुस हुने गरेको उनले बताए।

‘नेपाली कांग्रेसको कार्यक्रममा आउँदा आफ्नै सहयात्रीका बीच आएजस्तो अनुभूति हुन्छ’ उनले भने, ‘हेर्दै जाउँ आउने दिनमा राजनीतिले कसरी कोल्टो फेर्छ।’

उनले सहयात्रीकै रुपमा कांग्रेससँग सम्वन्ध अघि बढ्ने विश्वास रहेको बताए। एकता र शान्ति प्रकृयाको संकल्पकै कारण कांग्रेससँगको सम्वन्ध सहयात्रीकै रुपमा अघि बढ्ने उनको भनाइ छ।