जब उडिरहेको विमान एक्कासि तारमा झुन्डियो
एजेन्सी – इटालीको आल्प्स पर्वतस्थित प्रातो वेलिनटिना स्की रिसोर्टको तारमा फँसेर एक सानो विमान दुर्घटना भएको छ । घटनाबाट विमानको एक पंखा भाँचिएको छ ।
तर विमान भने तल भुइँमा खस्न पाएको थिएन । विमानमा सवार दुई मानिस एक पाइलट र अर्का यात्री तारमा झुन्डिएको विमानमा रेस्क्यु टिमलाई कुर्दै बसेका थिए ।
जब विमान दुर्घटनाको खबर फैलियो तब इटालीका राष्ट्रिय गुफ तथा पर्वतीय बचाउ इकाइ ‘सीएनएसएएस’ले रेस्क्यु अपरेशन चलाएको थियो ।
त्यसपछि ६२ वर्षीय पाइलट र ५५ वर्षीया यात्रीलाई सकुशल उद्धार गरिएको छ । एजेन्सीले फँसेको विमानको तस्बिर पनि सेयर गरेका छन् ।
घटनाबाट पाइलटलाई सामान्य चोट लागेको छ ।