नेपाली कांग्रेसका सांसद पक्राउ - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

नेपाली कांग्रेसका सांसद पक्राउ



रौटहट : रौटहटमा नेपाली कांग्रेसका सांसद पक्राउ परेका छन् । रौतहट क्षेत्र नं २ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम पक्राउ परेका हुन् ।

२०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको  हो।

आइतबार बिहान पौन ११ बजे पक्राउ परेको आलमलाई जिल्ला प्रहरी कार्यालय रौटहटमा राखिएको छ ।

प्रहरीले भने आधिकारिक जानकारी दिएको छैन । प्रहरीले केही वेरपछि सार्वजनिक गर्ने जानकारी दिएको छ ।