रात्रिभोजमा सीले कुन कुन नेपाली परिकार चाखे ? - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

रात्रिभोजमा सीले कुन कुन नेपाली परिकार चाखे ?



काठमाडौं- दुईदिने राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चिनफिङका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार साँझ आयोजना गरेको रात्रिभोजमा नेपाली परिकार तयार गरिएको थियो।

सीले नेपाली परिकार चाखेका खबर आजको राजधानी दैनिकले छापेको छ।

सुरुवाती खानाको रुपमा बारा, मःमः, साँधेको भटमासलगायतका स्यान्क्स राखिएको थियो।

सुपसमेत नेपाली शैलीमा तयार पारिएको थियो। कुरिलो र क्वाँटीको सुप राखिएको थियो।

इलामको चिया र गुल्मीको कफिसमेत थियो। साथै मुख्य खानामा खसीको रोस्ट थियो।