नेताका थरी-थरीका यौन काण्ड: मुख्यमन्त्रीकै अर्को काण्डको पर्दाफास
काठमाडौं। पुर्व सभामुख कृष्ण बहादुर महराको यौन काण्डको चर्चा भैरहेका बेला नेकपाभित्र यस्ता धेरै काण्डको खुलासा भैरहेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नै पार्टीकी एक नेतृलेनै यौन दुर्ब्यबहार गरेको आरोप लगाएकी छन् ।
तत्कालीन एमालेको युवा संगठनकै नेतृ रहेकी ती महिलाले शेरधन राईले गरेको यौन दुर्व्यवहारबारे पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बताउँदापनि उल्टै आफैले गालि खानुपरेको बताएकी छन्।
ती महिलाले आफुले प्रधानमन्त्री ओलीकै सचिवालयमा काम समेत गरेको बताएकी छन्। आफुले प्रधानमन्त्रीसमक्ष उनलाई कुरा राख्दा जागिरबाट नै हटाइएको समेत बताएकी छन् । त्यतिमात्र होइन शेरधन राईले ति महिलालाई प्रहरी लगाएर थुनाएको समेत बताएकी छन् ।
विद्यादेवी भण्डारीले राष्ट्रपति पदको दोस्रो पटक जिम्मेवारी लिँदै गर्दा शीतलनिवासमै मुख्यमन्त्री राईले आफ्ना सम्वेदनशील अंगमा छोएको उनले दाबी गरेकी छिन् । मुख्यमन्त्री राईले यसबारेमा केही प्रतिक्रिया दिएका छैनन् । ‘राईले व्यवहारमा आफूलाई प्रेमिका वा श्रीमती जस्तो व्यवहार गरेको तर सम्बन्धबारे केही निष्कर्ष ननिकालेको या भनौं सम्बन्धलाई कुनै पनि नाम दिन सकेको छैन’, बालिका खड्काले भनेकी छिन् । राईले आफूलाई सांकेतिक मेसेज पठाउन थालेको उनले बताइन् ।
राईविरूद्ध निवेदन दिएपछि प्रधानमन्त्री ओलीले पनि एकहोरो आफूलाई मात्र गाली गरेको बालिका खड्काले बताएकी छिन् । न्यायको लागि झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतमलाई पनि भेटेर जानकारी गराएको उनले बताएकी छिन् । तर, पार्टीका शीर्ष नेताहरूले अध्यक्षले नै मिलाउने भनेर पन्छिएका थिए । शीर्ष नेताहरूले राई र बालिका खड्का दुबै घटना हुनुमा जिम्मेवार रहेको बताएको बालिकाले बताएकी छिन् ।
यसअघि प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई पनि महिला पत्रकारमाथि यौन हिंसा गरेको आरोप लागेको थियो । उनलाई मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद गरेको अभियोगमा बर्खास्त गरिसकिएको छ । केही दिन अगाडि सिङ्गापुर उपचार गर्न जाने भनेर हिँडेका मुख्यमन्त्री राई जर्मनी हुँदै अमेरिका पुगेका थिए । राईले अमेरिकामा आफन्तलाई प्रयोग गरेर पत्रकारलाई समेत कुटाएपछि विवाद भएको थियो ।