नेपालको बैंक ह्याक गर्छु भन्दै नरेन्द्र मोदीलाई फोन गरेपछि... - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

नेपालको बैंक ह्याक गर्छु भन्दै नरेन्द्र मोदीलाई फोन गरेपछि…



काठमाडौँ । प्रहरीले पक्राउ गरेका सिरहाका प्रमोद ठाकुरले अनौठो हर्कत गरेका छन्। एउटा मोबाइल सेट र ७ वटा सिम सहित भेटिएका ठाकुरबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

सोधपुछको क्रममा पक्राउ परेका ठाकुरले ‘आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी’ लाई पनि फोन गरेर कुराकानी गरेको प्रहरी समक्ष बयान दिएको बताइएको छ।

त्यतिमात्र होइन बयानमा ठाकुरले भारतको सर्वोच्च अदालतलमा समेत फोन गरेर नेपालका बैङ्कका एटीएम ह्याक गर्न लागेको बताएको प्रहरी समक्ष बयान दिएका छन् ।

यस्तै ठाकुरले बङ्गलादेशको जति पनि प्लेन क्र्यास भयो आफ्नै कारणले भएको पनि बताएका छन् ।

बिहीबार दिउँसो करिब ३ बजेतिर ठाकुरले गृह मन्त्रालयमा फोन गरेर वाणिज्य बैङ्कको एटीएम ह्याक गरिसकें । अब राष्ट्र बैङ्कको गर्दैछु भनेका थिए

गृह मन्त्रालयका रिसेप्सनिष्टले रिसिव गरेको फोनबारे तत्कालै गृहसचिव प्रेमकुमार राईलाई जानकारी गराइहाले ।

गृहसचिव प्रेमकुमार राईले तत्कालै प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाललाई ‘त्यो मान्छे को हो पत्ता लगाउन निर्देशन’ दिए ।

आईजीपी खनालले पनि तत्कालै महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापालाई घटनाबारे जानकारी दिएर तत्काल अपराधीलाई पक्रेर कारबाही गर्न निर्देशन दिए ।

केही दिनअघि मात्र कृषि विकास बैङ्कको सिरहाको लहान शाखाबाट करोडौं रुपैयाँ ह्याक गरेर विभिन्न व्यक्तिको खातामा पुर्याइएको थियो । यस्तो कुरा सुनेपछि महाशाखाको टोली झनै सक्रिय बन्यो । त्यो व्यक्ति को हो पत्ता खोज्न तिर लाग्यो ।

जुन अपरिचित व्यक्तिले फोन गरेको नम्बर ट्रयाक गर्दै महाशाखाको टोली खोजीकार्यमा संलग्न भयो । अन्ततः महाशाखाको टोलीले ती अपरिचित व्यक्तिलाई २४ घण्टा नबित्दै सिरहाको कल्याणपुरबाट पक्राउ गर्यो । ति उनी व्यक्ति थिए प्रमोद ठाकुर ।

प्रहरीले ठाकुर मानसिक सन्तुलन गुमेको व्यक्ति भएको भन्दै स्वास्थ परीक्षण गराउने जनाएको छ । ठाकुरले दिएको बयान अविश्वसनीय देखिएकाले परीक्षणको लागि पठाइएको प्रहरीको भनाइ छ ।