डा. भगवान कोइराला त्रिवीको उपकुलपतिमा सिफारिश - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

डा. भगवान कोइराला त्रिवीको उपकुलपतिमा सिफारिश



काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि बरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला सिफारिस भएका छन्।

त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपति चयन गर्नका लागि कोइराला सहित तीन जनाको नाम सिफारिश गरिएकोहो ।

उपकुलपति चयन गर्नका लागि गठित सिफारिश समितिले पहिलो नम्बरमै डा. भगवान कोइरालाको नाम सिफारिश गरेको बुझिएको छ।

त्यस्तै, दोस्रो नम्बरमा डा. धर्मकान्त बास्कोटा र तेस्रोमा चन्द्रमणि पौडेलको नाम सिफारिश गरेको छ । समितिले हाल निमित्त उपकुलपति रहेकी प्रा.डा. सुधा त्रिपाठीको नाम भने सिफारिश गरेन ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइराला त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यकारी निर्देशकसमेत रहिसकेका छन् ।