पोखरामा बस दुर्घटना, ३० घाइते - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

पोखरामा बस दुर्घटना, ३० घाइते



पोखरा – पोखरामा बस दुर्घटनामा ३० जना यात्रु घाइते भएका छन्। बेगनासको त्रिशूली डाँडामा शुक्रबार बस दुर्घटना भएको हो ।

बेगनासबाट पोखरा जाँदै गरेको ग १ ख ४७७१ नंको बस सडकबाट झण्डै ६० फिट तल खसेको हो । घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिसकिएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । फाइल फोटो