रोशनीमाथि प्रहरीको अनुसन्धान: के के भेट्टीयो ? - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

रोशनीमाथि प्रहरीको अनुसन्धान: के के भेट्टीयो ?



काठमाडौं- निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासकोआरोप लगाएकी रोशनी शाहीमाथि प्रहरीले अनुसन्धानलाई गति दिएको बुझिएको छ । घटनाबारे गहिरो अनुसन्धान अगाडि बढाएको प्रहरीले रोशनीको विगत र वर्तमानको गतिविधिबारे अनुसन्धान गरेको हो ।

संसदकी कर्मचारी रोशनीसँग नजिक भएकाहरुकाबारे प्रहरीले खोजी अगाडि बढाएको छ । रोशनीको महरासँग सम्बन्ध रहे नरहेको र भएको भए कहिले देखि रहेको भन्नेसम्ममा अनुसन्धान अगाडि बढेको बुझिएको छ । प्रहरीको स्रोतले जानकारी गराए अनुसार सबै कोणबाट अनुसन्धान अगाडि बढेको छ । प्रारम्भिक अनुसन्धानको रिपोर्ट प्रहरी र गृह मन्त्रालयको उच्च तहसम्म पुगिसकेको छ ।

अनुसन्धानका क्रममा रोशनीले आरोप लगाएर आफै किन खण्डन गरिन् भन्ने विषयमा पनि प्रहरीले खोजी गरिरहेको बुझिएको छ । उनको पारिवारिक सम्बन्धका बारेमा पनि अनुसन्धानको सुई घुमेको छ ।

रोशनी वामपन्थी पृष्ठभूमिकै भएको देखिएको छ । उनको नजिकको सम्बन्ध पनि वामपन्थी नेतासँग देखिएको छ । तर, महरामाथि उनको प्रहारको कारणबारे कतिपयले षड्यन्त्र समेत भनेका छन् । सांसद समेत रहेका कानुनविद रामनारायण बिडारीले नियोजित षड्यन्त्र पनि हुनसक्ने बताए ।

प्रहरी अनुसन्धान विभिन्न कोणले भइरहेकाले महरामाथि नियोजित षड्यन्त्र हो होइन भन्नेबारे पनि केन्द्रित रहेको छ । रोशनीले बयान फेरेकाले उनी कारबाहीको दायरामा आउने निश्चित छ ।