मेयर विद्यासुन्दर शाक्य अस्पताल भर्ना: डेंगु लागेको आशंका
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य अस्पताल भर्ना भएका छन् । शाक्य डेंगु लागेको आशंका भएपछी अस्पताल भर्ना भएका हुन् ।
अस्वस्थ भएपछि अस्पताल भर्ना भएका उनको स्वास्थ्य परिक्षण सुरु भएको छ । शाक्य बिहीबार बिहान त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना भएका हुन् ।
डाक्टरले उनलाई उनलाई डेंगु लागेको आशंका गरेका छन् ।