बारामा एकै घरभित्र भेटीए पाँच वटा शव: गाउँले त्रसित - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

बारामा एकै घरभित्र भेटीए पाँच वटा शव: गाउँले त्रसित



बारा- बारामा एक घरभित्र पाँचजनाको शव भेटिएको छ । फेटा गाउँपालिका-४ स्थित एउटा घरमा पाँचजनाको शव भेटिएको हो।

खाली घरभित्र रहेको अन्दाजी ६ फिट गहिरो पानीको खाल्डोमा ती शव भेटिएको जिल्ला प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ती शवको अनुसन्धान भइरहेको तर कस्को भनेर पुष्टि हुन बाँकी रहेको जनाइएको छ।

घटनास्थलमा जिल्ला प्रहरी टोली पुगेको बताइएको छ । टोलीले शवको अनुसन्धान थालेको छ भने स्थानीयहरु त्रसित भएको बताइएको छ । फाइल तस्बिर