सी भ्रमण: जे नहोस् भन्ने थियो, त्यही भयो - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

सी भ्रमण: जे नहोस् भन्ने थियो, त्यही भयो



काठमाडौं- चीनबाट २३ वर्षपछि राष्ट्रपति आउँदै छन्, यस्तो बेला जे नहोस् भन्ने चाहना थियो, आखिर त्यही भएर छाड्यो।

समयमै यो समस्या समाधान गर्न सकिएन भने भ्रमणमै असर पर्ने पक्का छ।

बौद्ध जहाँ तिब्बती शरणार्थीको ठूलो उपस्थिति छ। त्यहीं स्वतन्त्र तिब्बतको मागसहित आत्मदाह गर्नेसम्मका काम हुने गरेका छन्।

अहिले बौद्धनाथ केन्द्रित स्वतन्त्र तिब्बत गतिविधिमा भूपतिबज्र लामा बाधक भएपछि सी चिनफिङ आउने मुखमा धमिलो पानीमा माछा मार्न लागिएको आरोप छ।यो खबर आज असोज १५ गतेको जनआस्था साप्ताहिकले छापेको छ।

यस्ता मामिलामा चीन निकै संवेदनशील रहन्छ। झट्ट हेर्दा बौद्धको घटना सानोजस्तो देखिए पनि यही कुरा चर्किंदा चिनियाँ राष्ट्रपतिको भ्रमण प्रभावित भयो भने के हुन्छ? सरकार गम्भीर हुने बेला भइसकेको छ।