महराको अस्थाई राजिनामाले खैलाबैला - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

महराको अस्थाई राजिनामाले खैलाबैला



काठमाडौं- यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन्।

मंगलबार अपरान्ह सभामुख महराले प्रतिनिधिसभा नियमावली अनुसार उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई राजिनामा बुझाएका हुन्।

तर उनको राजीनामाले बजारमा नयाँ तरङ्ग उत्पन्न गरेको छ । सामाजिक संजालमा भाइरल बनाइएको उनको राजिनामा पत्रलाई मेन्सन गर्दै चर्को बिरोध भैरहेको छ । यसको कारण भने उनले दिएको अस्थायी राजिनामा बनेको छ ।

उनको राजिनामा पत्रमा छानबिन प्रक्रिया नसकिँदासम्मको लागि राजिनामा गरिएको उल्लेख छ । यसैलाई आधार बनाएर बिबाद उत्पन्न भएको छ ।

खासमा राजिनामा अस्थाई हुँदैन, निलम्बन मात्रै अस्थायी हुन्छ । कतिपयले यसलाई नेपालमा जे पनि हुनसक्छ भन्दै खिल्ली उडाएका छन् बने कतिपयले अर्को सभामुख नियुक्तिको बाटो बन्द गरिएको अर्थ्याएका छन् ।

सभामुख महरा यो भन्दा पहिले पनि ५० करोड मागेको मुद्दामा बिबादमा तानिएका थिए । यसलाई भने उनिहरू निकटले खिसिट्युरी गरेर तारेका छन् । यो काण्डको अडियो पनि सामाजिक संजालमा भाइरल बनेको थियो ।

त्यति मात्र होइन सुन तस्करी काण्डमा पनि महराको अभिव्यक्तिका कारण उनि निकै बिबादमा तानिएका थिए । यो काण्डमा उनले आफूहरू सानो माछा भएको र ठुलो माछा अर्कै भएको बताएका थिए ।