सभामुख महराको राजिनामा दिने तयारी
काठमाडौं । सभामुख कृष्णबहादुर महराले उनीमाथि एकजना महिलाले लगाएको यौन दुर्व्यवहारको आरोपको छानबिनका लागि सहज वातावरण बनाइ दिन आफू तयार रहेको बताएका छन् ।
सभामुख महराले यो विषयमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत सल्लाह गरेको बुझिएको छ ।
उनले आफूले छानबिनको बाताबरण बनाउन राजिनामा समेत दिन तयार भएको उनिनिकट स्रोतले बताएको छ ।
यो विषयमा १ वा २ दिनमा आफुले के गर्ने भन्ने निर्णय गर्ने बताएका छन् । यो घटनाले नैतिक संकटमा परेपछि उनले पार्टीका नेताहरूसंग पनि छलफल गरेको स्रोतले बताउँछ ।
महरालाई आइतबार राति राजधानीमा एक महिलाको कोठामा गएर मादक पदार्थ सेवन गरेर यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उनि नैतिक सङ्कटमा परेका हुन् ।