सरकारसँग तरुण दलका ६ बुँदे माग - Himal Post Himal Post
  • २५ मंसिर २०८२, बुधबार
  •      Wed Dec 10 2025
Logo

सरकारसँग तरुण दलका ६ बुँदे माग



काठमाडौं- नेपाली तरुण दलले दसैंको अवसरमा भइरहेको चरम मूल्यबृद्धि तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेको छ।

तरुण दलका महासचिव भूपेन्द्रजङ्ग शाहीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नागरिकका आधारभूत वस्तु, यातायात, खाद्यान्न पदार्थ लगायत दैनिक जीवन उपयोगी साधनहरुमा गरिएको चर्को मूल्यबृद्धि नियन्त्रणको माग गरेका छन्।

चाडपर्वमा अत्यावश्यक सामग्रीको सहज उपलब्धताको ग्यारेन्टी गर्न पनि उनले माग गरेका छन् । ‘तस्करी कालोबजारी र चर्को महंगी नियन्त्रणका लागि सरकारले पहल गर्नुपर्नेमा उल्टै मुकदर्शक भएर बसेको छ। सरकारको यस्तो गैरजिम्मेवार कार्यको नेपाल तरुण दल घोर भत्र्सना गर्दछ,’ शाहीले भनेका छन्।

शाहीले सरकारलाई जनताका समस्या र कठिनाईमा तत्काल पहल र राहत उपलब्ध गराउन माग गर्दै उनले ६ बुँदे माग राखेका छन्।

-नागरिकका दैनिक उपभोग्य वस्तुहरुमाथि गरिएको मूल्यवृद्धि तत्काल फिर्ता र महंगी नियन्त्रण गरियोस्,’

-यात्रुलाई आ–आफ्नो गन्तव्यमा पुग्न सुपथ मूल्यमा थप सवारी साधनको तत्काल व्यवस्था गरियोस्।’

-दसैंका अवसरमा विभिन्न स्थानमा सुपथ मूल्य पसलको प्रबन्ध ।

-नागढुङ्गामा देखिएको सवारी जामले गर्दा हजारौं यात्रुहरुलाई परिरहेको कठिनाईलाई तत्काल समाधान गर्न र

-तिहारको अवसरमा तरुण युवाहरुले सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरुमा शान्ति सुरक्षाको ग्यारेन्टी गर्न पनि माग गरेका छन्।