हचुवाको भरमा नेपाललाई खुला दिसामुक्त देश घोषणा - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

हचुवाको भरमा नेपाललाई खुला दिसामुक्त देश घोषणा



हचुवाको भरमा नेपाललाई खुला दिसामुक्त देश घोषणा गरिएको समाचार आजको कान्तिपुरले छापेको छ । ‘खुलामै शौच, हचुवामा घोषणा’ शीर्षक दिएर कान्तिपुरले लेखेको छ, ‘सरकारले पूर्ण सरसफाइका सामान्य मापदण्ड नै पूरा नगरी मुलुकलाई दक्षिण एसियामै पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा गरेको छ ।

सरकारी तथ्यांकहरुअनुसार मुलुकमा १ करोड ४८ लाख ५० हजारभन्दा बढी घरपरिवार रहेकामा करिब ५६ लाख ६० हजार मात्र शौचालय छन् ।’

कान्तिपुरको भित्री पृष्ठमा चिनियाँ राष्ट्रपति सी जिनफिङ, उनकी श्रीमती पेङ लियुआन, विदेशमन्त्री वाङ यीसहितको उच्चस्तरीय भ्रमणलाई लक्षित गरेर आन्तरिक व्यवस्थापन र सुरक्षा तयारी अघि बढाइएको समाचार छ । समाचारमा लेखिएअनुसार गृह मन्त्रालयले सेनासँग समन्वय गरेर आन्तरिक सुरक्षा कार्यविधि बनाउँदै छ ।

‘राष्ट्रपति सीका लागि चीनबाटै एयर चाइनाका दुई वटा जहाज र एरोहेड कारकेड सेट आउने स्रोतको भनाइ छ । एरोहेड कारकेड एक देशका राष्ट्रप्रमुख अर्को देशको राजकीय भ्रमणमा जाँदा धनुषवाण आकारमा गरिएको भीभीआईपी सवारी सुरक्षा व्यवस्थापन हो,’ कान्तिपुरले लेखेको छ । राष्ट्रपति सीको सुरक्षा व्यवस्थापन र आन्तरिक तयारीलाई सरकारले गोप्य राखेको पनि समाचारमा उल्लेख छ ।