कम्युनिस्टका नाममा कलङ्क जन्मिए: डा. कोइराला
चितवन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कम्युनिस्टका नाममा नयाँ नवमण्डलेहरूको जन्म भएको बताएका छन् । नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर १ ले रत्ननगरमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै कोइरालाले नेकपाका कार्यकर्ताहरू कांग्रेसमाथि अरिङ्गाल शैलीमा खनिने गरेको आरोप लगाए ।
कम्युनिस्ट सरकारले अहिले मुलुकमा आतंक मच्चाइरहेको आरोप लगाए । उनले सरकारको उक्त कदमविरुद्ध सबैले एक भएर लाग्नु पर्ने बेला आएको टप्पणी गरे ।
‘नेकपाका हतियारधारी कार्यकर्ताहरुले बाँके कांग्रेसकी सभापतीको हात भाँचिदिए। तनहुमा हाम्रा पार्टीका नेताहरु मिनेन्द्र रिजाल र ध्रुव वाग्लेमाथी आक्रमण गरे । यही चितवनमा ज्ञानेन्द्र शाहीमाथी आक्रमण गरे । शाही कुन पार्टीका हुन् त्यो सरोकार भएन, तर एउटा नेपाली नागरिकले स्वतन्त्र रुपले आफ्ना कुरा राख्न पाउने कि नपाउने ?’ उनले प्रश्न गरे ।
उनले सरकारको यस्तो रबैया कदावी स्वीकार्य नहुने चेतावनी दिए । सरकार नसच्चिए कांग्रेस कडा बन्ने उनको भनाइ थियो । उनले यस्तो गर्नेहरू कम्युनिस्टका नाममा कलङ्क भएको समेत बताए ।