राष्ट्रिय एकता दिवसको अवसरमा अर्घाखाँची कलाकार समाज गठन
समिर प्रकाश पाण्डे/ पुस २९
गत पुष २७ गते राष्ट्रिय एकता दिवसको अवसर पारेर अर्घाखाँची स्थाइ घर भइ हाल काठमाडौंका बिभिन्न ठाउमा रही अा-आफ्नो ठाउँबाट गीत संगीत र अभियानमा स्थापित हुन मिहनेत गरी रहेका कलाकारहरुले कलाकारिता क्षेत्रको विकास र बिस्तारका लागि मधुसुधन बञ्जाडेको संयोजकत्वमा ११ सदस्यीय तसर्थ समिती गठन गरेको छ । उक्त समितिको ” अर्घाखाँची कलाकार समाज ” नाम तय गरिएको छ ।
जसमा सदस्यहरु शितल के सि ,जीवन परियार, विश्वाश नेपाल ( प्रकाश ), शम्भु कुँवर, चिरनजिबी अर्याल ,प्रुशोतम पौडेल , करण थापा मगर ,सुदिप सागर, यमन खनाल र करिस्मा घर्ती मगर रहेका छन् । सो कार्यक्रममा शितल के सि,मधुसुधन बन्जाडे , विश्वाश नेपाल(प्रकाश ),- शम्भु कुँवर , चिरनजिबी अर्याल,प्रुशोतम पौडेल,करण थापा मगर, सुदिप सागर , जीवन परियार ,यमन खनाल , सुरज पुन , भरत बेल्बासे ,शिव शाह , बिष्णुहरी थापा ,कमल नेपाल ,राहुल के सि , मिठु आले मगर ,करिस्मा घर्ती मगर, दर्पन यात्री आदि कलाकारहरुको उपस्थीती रहेको थियो ।