पोखरामा भेटिए एलिएन जस्तै बच्चा - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

पोखरामा भेटिए एलिएन जस्तै बच्चा



पोखरा– पोखरामा भेटियो एलिएन जस्तै निधार नभएको बच्चा भेटिएको छ। १४ महिना अघि मात्र आफ्नो कान्छो सन्तानको रुपमा गणेश परियारलाई पाएकी सुकमाया परियारले अहिले उपचारको अभावमा हैरानीमा छन् ।

पाल्पाकी सुकमाया परियार बिगत तीन महिना देखी पोखराका सडक र मन्दिर अगाडी भौतारिरहेकी छन् गणेश एक साधारण बच्चा छैनन् । जन्मदा नौ सय ग्राम र अहिले १४ महिना पुग्दा सम्म जम्मा साढे दुई किलो तौल भएको बच्चा बोक्दै सुकमाया उपचारमा सहयोग गरिदिन आग्रह गरिरहेकी छन् ।

गणेशको अनुहार पनि अरु बच्चाको भन्दा भिन्न छ । देख्ने र भेट्नेहरुले एलियन जस्तै भएको पनि भन्छन् कतिपयले निधार नै नभएका बालकलाई भगवानको रुप मन्ने गरेका छन् । बाटो हिड्ने देख्नेहरुले केही रुपौया त दिन्छन् तर त्यसले पोखरामा बस्न र खान मात्र ठिक्क छ । बच्चाको शारिरिक बनावट अनुसार नै हरेक महिना अस्पतालमा जाँच गराउनुपर्छ तर अस्पताल लैजाने खर्च उनीहरुसंग नभएकाले तनाबमा छन ।

फोक्सोमा निमोनियले आक्रमण गरेको र त्यसको लागी काठमाण्डु जानपर्ने डाक्टरको सल्लाह छ तर सुकमाया भन्छिन् पैसा छैन कसरी जाउँ ?