कृषि विकास बैङ्क प्रकरण: लाहान शाखाका अधिकृत पक्राउ
काठमाडौं । कृषि विकास बैङ्क प्रकरणमा लहान शाखाका अधिकृत सुनिल कुमार झा पक्राउ परेका छन् ।
झा बैङ्कको कोर बैंकिङ सिस्टम प्रयोग गरेर रकम चोरी गरेको प्रकरणमा पक्राउ परेका हुन् । महानगरीय प्रहरी अपराध मशाहाखाको टोलीले झालाई पक्राउ गरेर काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।
लुटिएको रकमको कारोबार झाको कम्प्युटरबाट भएको देखिएपछि झालाई पक्राउ गरिएको हो।