ज्ञानेन्द्र शाहीमाथि कुटपिट गर्ने नेकपाकै कार्यकर्ता भएको दाबी - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

ज्ञानेन्द्र शाहीमाथि कुटपिट गर्ने नेकपाकै कार्यकर्ता भएको दाबी



काठमाडौं- नेपालका लागि नेपाली अभियानका संयोजक तथा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले वर्तमान सरकारले आफ्ना कार्यकर्ता परिचालन गरेर चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण गराएको गम्भिर आरोप लगाएका छन्।

भण्डारीले शनिबार चितवनको चौबिसकोठीको सार्वजनिक सभामा बिथोल्न नेकपाका कार्यकर्ता नै परिचालन भएको ठोकुवा गरे ।

उनका अनुसार तत्कालीन माओवादीका वाइसिएल र नेकपाका युवा संघका कार्यकर्ता आएर ब्यानर च्यातेका थिए ।

भण्डारीका अनुसार पच्चीस जनाको संख्यामा आएका ती व्यक्तिले ‘तपाईंहरूमाथि प्रतिकार हुँदैछ’ भन्दै ब्यानर च्यातेर माइक खोसेका थिए। भण्डारीको हाल काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।