जलकृषि सम्बन्धी दुई दिने तालिम सम्पन्न - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

जलकृषि सम्बन्धी दुई दिने तालिम सम्पन्न



घोडाघोडी । जलकृषि सम्बन्धी दुई दिने तालिम कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा सम्पन्न भएको छ । हिमालय प्रकृति संस्थाको आयोजनामा शुक्रबार र शनिबार तालीम सम्पन्न भएको हो ।

जैबिक विविधतालाई असर नपर्ने गरी पानीमा बस्ने जिवहरुको कसरी संरक्षण वा सम्बर्द्धन गर्न सकिन्छ र त्यस बाट कसरी जिबिकोपार्जन गर्न सकिन्छ भन्ने उदेश्यले तालीमको आयोजना गरिएको वृहत घोडाघोडी ताल तथा पर्यटन विकास वोर्डका उपाध्यक्ष डिआर चौधरीले जानकारी दिए ।

घोडाघोडी नगरपालिका वडा नं १ र ८ का सिमसार क्षेत्रमा आश्रित समुदायका महिलाहरुलाई तालीम दिइएको थियो । मत्स्य तालिक केन्द्र नेपालजंगका अधिकृत रामकेश यादब र स्थानीय कार्पि ह्याचरीका संचालक चुलराम चौधरीले सहभागीहरुलाई प्रशिक्षण गराएका थिए ।

हिमाली प्रकृति संस्थाले बनस्पति तथा बन्यजन्तुहरुको अनुसन्धान तथा संरक्षण गरिरहेको संस्थाका अनुसन्धान अधिकृत कुल बहादुर थापाले जानकारी दिए । समापन कार्यक्रमा घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।