जुम्लामा जिप दुर्घटना: १४ घाइते, २ गम्भीर - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

जुम्लामा जिप दुर्घटना: १४ घाइते, २ गम्भीर



जुम्‍ला-जुम्लाको पातारासी गाउँपालिकामा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

जुम्ला बजारदेखि पातारासीको लासीबजारतर्फ जाँदै गरेको रा१ज ६२४ नंको जिप आज पातारासी–५ को पानीधारा लम्केनीमा दुर्घटना भएको हो।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको डिल्लीचौर प्रहरी चौकीका प्रहरी हवल्दार गणेश बोहोराले जानकारी दिए।

जिपमा २५ जना सवार थिए।  घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। जिप चालक फरार छन्। फाइल तस्बिर