ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण



चितवन । भ्रस्टाचार बिरोधि अभियन्ता ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपित भएको छ । उनलाई प्रहरीले उद्दार गरेको छ ।

केहीबेर अगाडी चितवनको चौबिसकोटीमा आयोजित कार्यक्रममा सम्बोधनका लागि पुगेका शाहीलाई स्थानीयले लखेटेका थिए ।

उक्त ठाउँमा सभा गर्न प्रहरीले नदिएपछि फर्कन लागेका शाही सवार गाडीमा अज्ञात समूहले ढुंगा प्रहार गरेको थियो। ढुंगा प्रहारबाट गाडीको चारैतर्फका सिसा फुटेको छ।

आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । उनको परिचय भने प्रहरीले गोप्य राखेको छ ।

केही दिनअघि नेपालगञ्जबाट आउने क्रममा पर्यटनमन्त्री योगेश भट्टराईका कारण जहाज ढिला गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो हालेपछि उनको थप चर्चा र बिरोध भएको थियो ।