सम्मान सहकारीको नयाँ शाखा शुभारम्भ - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

सम्मान सहकारीको नयाँ शाखा शुभारम्भ



काठमाडौं-काठमाडौंको नयाँ वानेश्वरमा सम्मान बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय उद्घाटन गरिएको छ ।
शुक्रबार एक समारोहकाबीच पूर्व रक्षामन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले कार्यालयको उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा नेता खाँणले सम्मान सहकारीहरुले छोटो समयमै राम्रो फड्को मारेकोले अझै अगाडी बढेर धेरै भन्दा धेरै जनतालाई सहजीकरण गर्न आग्रह गरे । नेता खाँणले युवाहरूले गरेको यस्तो उदाहरणीय कामले समाजलाई एउटा छुट्टै प्रेरणा दिएको बताए।

नेता खाँणले भने, ‘सहकारीको उद्देश्य भनेको जनताको स–साना मूल्यलाई जम्मा गरेर राख्ने हो, सम्मानले जनताको सम्मान गर्नुपर्छ ।’ उनले पछिल्लो समय सहकारी क्षेत्र विकृत भएको समेत बताए ।

सहकारीका सदस्यहरुलाई सहज ढंगबाट सेवा उपलब्ध गराउने हेतुले सहकारीको शाखा स्थापना गरेको संस्थाका कार्यकारी सञ्चालक कल्पित पाण्डेले बताए । उनले भने, ‘हामीले युवा उद्यमीहरुलाई व्यावसायिक तालिम तथा विभिन्न वित्त सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौँ । नयाँ व्यवसाय गर्न चाहनेहरुलाई समेत हामीले विशेष प्राथमिकता दिँदै आएका छौँ ।’

उनले सम्मान सहकारी सबैको दुखको साथी भएको समेत बताए ।

संस्थाले यसै अवसरमा दसैँको शुभकामना आदान प्रदान तथा चियापानको कार्यक्रम पनि राखेको थियो ।