नेकपा टाट पल्टिएपछि चिनियाँलाई बेच्न लागे: गगन थापा - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

नेकपा टाट पल्टिएपछि चिनियाँलाई बेच्न लागे: गगन थापा



जुम्ला । नेपाली कांग्रेसका प्रभावशाली नेता गगन कुमार थापाले नेकपाले आफ्नो बैचारिक दरिद्रता छर्लङ्ग पारेको बताएका छन। उनले वैचारिक रुपमा टाट पल्टिएपछि चिनियाँ कम्युनिष्ट पार्टीलाई नेकपा बेच्न लागिपरेको आरोप समेत लगाएका छन् ।

जुम्ला जिल्ला काङ्ग्रेसले आयोजना गरेको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमका लागि जुम्लाको सदरमुकाम खलंगा पुगेका नेता थापाले नेकपाले देशकोलागि कुनै माखो मार्न नसकेपछि जनताको ध्यान भड्काउन अनेक हत्कण्डा अपनाएको समेत आरोप लगाएका छन् ।

नेता थापाले मुलुकलाई समृद्ध बनाउने कुनै काम गर्न नसकेको र संविधान कार्यान्वयन गर्ने कुनै योजना ल्याउन नसकेको बताउँदै नेकपा जनताबाट टाट पल्टिएको कारण चिनियाँ पार्टीलाई नेपाली जनतामा बेचेर बच्चाजस्तो चरित्र देखाएको बताए । यसले नेपालको स्वत्रन्त्रतामा समेत प्रश्न उठाएको उनको भनाई थियो ।

थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अयोग्य मात्र नभइ बेइमान रहेको आरोप लगाए । उनले भने ,’ यो सरकार अयोग्य मात्र होइन बेइमान पनि छ । यस प्रकारको समृद्धिको बहसमा जनता कहिपनि छैनन् । कर्णालीबासी छैनन, कर्णालीको जडिबुटि छैन, स्याउ छैन, यहाँका अस्पतालमा औषधि छैन, विद्यालयमा शिक्षक छैन विद्यार्थी छैन र सरकार पानीजहाजको रोमान्चित गफमा भुलिरहेको छ ।’

नेता थापाले संविधान जारी भएपछिको वर्तमान व्यवस्था जोगाउन नेपाली कांग्रेसले जनताको सडकमा साथ खोजेको सुनाए । उनले भने,’ जनता संरकारसँग रिसाउन पाउछन् तर सरकारको व्यवस्था बिरुद्ध बोल्नेसँग हैनI हिजो हामीले पञ्चायत फाल्यौ राणा शासन फाल्यौ । यो व्यवस्था जोगाउन कांग्रेस जनताको साथ चाहन्छ । कांग्रेसले सडकमा जनताको साथ खोजेको छ ।’