भूकम्पको धक्का: गोरखा र लम्जुङ बेसरी हल्लियो
काठमाडौं – बिहीवार साँझ भूकम्पको धक्का महसूस गरिएको छ । गोरखा र लम्जुङ जिल्लाको सीमा क्षेत्रलाई केन्द्रबिन्दू बनाएर भूकम्प गएको बताइएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दुवै जिल्लाको सीमा क्षेत्रमा ४.७ म्याग्निच्यूडको भूकम्पको धक्का महसूस गरिएको छ ।
भूकम्प बिहीवार साँझ ६ः४९ मिनेटमा गएको हो ।