को लिएर आउनुहुन्छ ल्याउनुस, मलाई पर्वाह छैन: गोकुल बास्कोटा - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

को लिएर आउनुहुन्छ ल्याउनुस, मलाई पर्वाह छैन: गोकुल बास्कोटा



काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको स्पष्टीकरण दिएका छन्।

बिहीबार नेपाल सरकारका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा ओयोजित पत्रकार सम्मेलनमा प्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन्।

सञ्चारले १२ अर्ब भ्रष्टाचार गरेको समाचार सञ्चारमाध्यममा आइरहेको भन्दै पत्रकारले यसबारे प्रश्न गरेका थिए। मन्त्री बाँस्कोटाले यसको जवाफ आफूले संसदीय समितिमा दिइसकेको बताए।

‘१२ अर्व होइन १२ रुपैयाँ भ्रष्टाचार भएको कहीँ प्रमाणित हुन्छ भने म सम्पूर्ण कारबाही भोग्न तयार छु’ मन्त्री बाँस्कोटाले भने।

मन्त्री बाँस्कोटाले आफू यस्ता खालका गलत हल्लाको पछि नलाग्ने बताए।

पत्रकार सम्मेलनमा निकै आक्रमक रुपमा प्रस्तुत भएका मन्त्री बाँस्कोटाले छानविनका लागि स्वदेशीमात्र नभई विदेशी संघसंस्थालाई पनि ल्याउन चेतावनी दिएका छन्।

‘कुनकुन निकाय छन् ? अख्तियार, अख्तियारले छानबिन गर्नसक्छ, सर्तकता केन्द्र, सीआईबी, नेपाल सरकार आफै छानबिन गर्न सक्छ’, उनले भने, ‘यहाँबाट पुग्दैन भने को लिएर आउनुहुन्छ? सीआईए, एमसिक्स लगायतका संस्थाहरु ल्याएर छानबिन गरे पनि कुनै पर्वाहा हुनेछैन।’

उनले आफू यस्ता गलत र अर्थहीन प्रश्नको जवाफ दिन आवश्यक नठान्ने बताए।