आरजु देउवाद्वारा २ हजार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

आरजु देउवाद्वारा २ हजार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण



धनगढी- धनगढीका विभिन्न सामुदायिक विद्यालयमा झोला लगायतका शैक्षिक सामाग्री वितरण गरिएको छ। उप–महानगरपालिका भित्रका सामुदायिक विद्यालयका २ हजार भन्दा बढी बालबालिकाहरूलाई शैक्षिक सामाग्रीहरू बुधवार हस्तान्तरण गरिएको हो ।

धनगढी उप–महानगरपालिका, ग्रामीण महिला विकास तथा एकता केन्द्र, सफा सुनौलो नेपालको समन्वय र चाइना फाउन्डेसनको आर्थिक सहयोगमा सामग्री वितरण गरिएको जनाइएको छ । झोला लगायतका सामाग्रीहरू रुडुकका संस्थापक अध्यक्ष तथा नेपाली काङ्ग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवा, उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले हस्तान्तरण गरेका थिए ।

शैक्षिक सामाग्री वितरण गर्न डाक्टर देउवा धनगढी १ को सरस्वती आधारभूत विद्यालय र ३ को त्रिभुवन माध्यमिक विद्यालयमा पुगेकी हुन् ।

यस कार्यक्रमले सामुदायिक विद्यालयका बालबालिकाहरूको पठनपाठनमा सहयोग पुग्ने अपेक्षा राखेको देउवाले बताइन ।

नेतृ देउवाद्वारा सेती प्रादेशिक अस्पताललाई झुल सहयोग

काँग्रेस नेतृ डाक्टर आरजु देउवाले सेती प्रादेशिक अस्पताललाई झुल समेत सहयोग गरेकी छन् । अस्पतालका बिरामीहरूका लागि भन्दै डाक्टर देउवाले ३ सय झुलहरू सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेलाई हस्तान्तरण गरेकी हुन ।

डाक्टर देउवाले सेती प्रादेशिक अस्पतालमा डेंगुका बिरामीहरू भन्ने समाचार सुनेपछि झुल लिएर आएको समेत बताइन ।

पछिल्लो निर्वाचनमा दिएको आश्वासन आमरण गर्दै देउवाले आफूले ३ सय सैयाको अस्पताल बनाउन पहल गर्ने भनेर मैले १० करोड रुपियाँ विनियोजन गर्न लगाएको थिए वर्तमान सरकारले यो सबै रकम कटौती गरेको छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले अस्पताल प्रदेश सरकार अन्तरगत रहेकोले झनै अवस्था खस्किएको बताए । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले अस्पतालमा स्वभावतः फोहर बढी उत्पादन हुने भएकाले डेंगुको जोखिम रहने बताइन