राजविराजमा कांग्रेसको शक्ति प्रदर्शन: कसले के भने ? - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

राजविराजमा कांग्रेसको शक्ति प्रदर्शन: कसले के भने ?



सप्तरी । जागरण अभियानको अन्तिम दिन मंगलबार सप्तरी सदरमुकाम राजविराजमा काँग्रेसले शक्ति प्रदर्शन सहित विरोध सभा गरेको छ ।
बढदो महंगी नियन्त्रण, भ्रष्टाचार, महिला हिंसा, बलत्कार र हत्या, अलोकतान्त्रिक विधेयक र सरकारको सम्पूर्ण कुशासन विरुद्घ प्रदर्शनमा उत्रेको काँग्रेसको जुलुसमा स्थानियको उल्लेख्य उपस्थिति थियो ।

स्थानिय राजरंगशालाबाट निस्केको जुलुस नगर परिक्रमा गर्दै प.वि.मा.वि.को खेलमैदानमा पुगेपछि विरोध सभामा परिणत भएको थियो । राजविराजमा करिब डेढ वर्ष यता पहिलो पटक काँग्रेसका झण्डा मुनी यस्तो जुलुस निकालिएको हो ।

भिडलाई देखेर उत्साहित भएका काँग्रेसी नेताहरुले देशमा काँग्रेसको प्रभाव घटेको भन्नेहरुका लागी यो प्रदर्शनले कडा जवाफ दिएको बताए । सभालाई काँग्रेस सभापति दिनेश कुमार यादव र केन्द्रिय सदस्य अजय चौरसिया पूर्व मन्त्री रामकुमार चौधरी, प्रदेश सभा सदस्यद्वय गिता यादव, मो. समिम, केन्द्रिय प्रतिनिधि विरेन्द्र सिंह, नागेन्द्र यादव, मिथिलेश मिश्र, कृष्णदेव राय यादव, उपेन्द्र कुशवाहा, रुकमणी कोइराला लगायतले सम्बोधन गर्दै जागरण अभियानले बर्तमान सरकारको अलोकतान्त्रिक गतिविधिको भण्डाफोर गर्नुका साथै स्वभाविक रुपमा जनतालाई जागृत गर्ने काम गरेको बताएका थिए ।