‘शिक्षक अस्पताल’ चाहियो - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

‘शिक्षक अस्पताल’ चाहियो



काठमाडौं – नेपाल शिक्षक महासंघले ‘शिक्षक अस्पताल’ को छुट्टै व्यवस्था गर्न सरकारसँग माग गरेको छ। महासंघले यसअघी पनि यो मुद्धा उठाइरहेको छ।

नेपाल शिक्षक महासंघ, राष्ट्रिय कार्य समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शिक्षक अस्पतालको छुट्टै व्यवस्था गर्न सरकारसँग माग गरेको हो। आर्मी अस्पताल, नागरिक अस्पताल भएजस्तै शिक्षकहरुको पनि छुट्टै अस्पतालको व्यवस्था गर्न सरकारसँग माग गरिएको महासंघका अध्यक्ष बाबुराम थापाले जानकारी दिए।

महासंघले शिक्षकहरुको दरबन्दी मिलान, उनीहरुलाई निजामती कर्मचारीहरुको भन्दा बढि सेवा, सुविधासहितको तलवको व्यवस्था गर्न पनि सरकारलाई दवाव दिएको छ। शिक्षण पेशालाई मर्यादित बनाउन पनि सरकारले उनीहरुको सेवा, सुविधा वृद्धिमा विशेष व्यवस्था गर्नुपर्ने माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई दवाव दिइएको महासंघका अध्यक्ष थापाले बताए।