पाकिस्तानी सेना र आतंकवादीबीच सम्बन्ध रहेको इमरानको खुलासा - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

पाकिस्तानी सेना र आतंकवादीबीच सम्बन्ध रहेको इमरानको खुलासा



एजेन्सी- पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानी सेना र गुप्तचर संस्था आइएसआईका केही अधिकृतहरुको सम्बन्ध आतंकवादी संगठनहरुसँग रहेको खुलासा गरेका छन्।

अमेरिकामा रहेका पाकिस्तानी प्रधानमन्त्री खानले सेना र गुप्तचर संस्थाले अल कायदा एवं अन्य आतंकवादी समूहलाई प्रशिक्षण दिएको बताएका हुन्।

‘पाकिस्तानी सेना र आइएसआईका केही अधिकृतको सम्बन्ध अलकायदा र अन्य आतंककारी समूहसँग थियो,’ खानले भने, ‘तर, अहिले त्यस्तो छैन, पाकिस्तानको समग्र सुरक्षा प्रणालीलाई नयाँ ढंगले अघि बढाएका छौं।’

न्यूयोर्कमा थिङ्क ट्यांक काउन्सिल अन फरेन रिलेसन्स सिएफआरले गरेको कार्यक्रममा खानले पाकिस्तानमा आतंकवादका अवशेषहरुलाई परास्त गर्न जनता नै जागृत भइसकेको बताए।