ओलीमाथि लक्षित गर्दै प्रचण्डले भने: मीठा मीठा कुरा मात्रै भए, व्यवहारमा देखिएन - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

ओलीमाथि लक्षित गर्दै प्रचण्डले भने: मीठा मीठा कुरा मात्रै भए, व्यवहारमा देखिएन



काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले विकासका कुरामात्र धेरै भए पनि व्यवहारमा त्यस्तो नदेखिएको टिप्पणी गरेका छन् । आफ्नै पार्टी नेतृत्वको सरकार भएको बेला प्रचण्डले यस्तो टिप्पणी गर्नु सामान्य कुरा होईन ।

दिवंगत नेतृ सहाना प्रधानको स्मृतिमा सोमबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले भने,‘मीठा मीठा कुरा भन्न सजिलो छ। हिजो राजारमहाराजाहरूले पनि विकासका मूल फुटाउने कुरा त गरेकै हुन्। तर भयो अर्कै, भन्ने ठूलो कुरा होइन। के गर्ने भन्ने ठूलो कुरा हो। भन्न त जे पनि सकिन्छ।’

प्रचण्डले अघि भनेका छन्,’आज हामी विशाल पार्टी भएका छौं । यो पक्कैपनि सानो कुरा होईन् । कम्युनिष्ट पार्टीलाई भरोशा गर्ने करोडौं जनता छन् । उनीहरुले भरोशा गरेर, विश्वास गरेर यो ठाउँमा पुर्याएका हुन् । यो सानो कुरा होईन् ।’ उनले नेतृत्वले पनि कम्युनिष्ट आन्दोलन र राष्ट्रकै भविष्यको निम्ति, एकता र स्वाधिनताको निम्ति भनेरै एकता गरेको सुनाए । उनले भने,‘सब पद, प्रतिष्ठा पाउँ, आपसी गुटै गुट, उपगुट बनाउँ भनेर तछाँडमछाँड गर्नको लागि एकता गरेको होइैन् । एउटा नयाँ आदर्शतर्फ जानुपर्छ अब हामी भनेर एकता गरेको हो ।’

उनले नयाँ आदर्श स्थापना गर्नका लागि पार्टी एकता गरिएको औंल्याए । तर, अहिले त्यो अर्कै तरिकाले अघि बढ्न लागेको पनि शंका व्यक्त गरे । उनले भने,‘हामी हिजो जे आदर्श भन्थ्यौं, आज त्यही आदर्शमा छौं त? हामी सबैले गर्नुपर्ने मुख्य प्रश्न यही हो।