बुटवलमा नि:शुल्क खाना (फोटो फिचर)
बुटवल । गोर्खाली युवा सशक्तीकरण संस्था रुपन्देही र लियाे क्लब अफ बुटवल खस्यौली युथकाे सहकार्यमा नि:शुल्क रुपमा खाना वितरण गरिएको छ । गरिब निमुखा बिपन्नबर्गलाइ मध्य नजर गरी सञ्चालन गर्दै अाएकाे नि:शुल्क खाना बितरण कार्यक्रम अन्तरगत शनिबार बुटवलको पुस्पलाल पार्कमा संयुक्तरुपमा खाना वितरण गरिएको हो ।
समाजमा भाग्यले ठगेर गरिबकाे रेखा मुनि रहि साझ बिहान पेट भर्न हम्मे हम्मे परिरहेकाे जाे काेहि व्यक्तिहरुलाई मध्यनजर गर्दै दुखी र गरिबहरुलाइ केही भएपनी पेट भरियोस् र खाना संगै मनोरंजनात्मक बाताबरण हाेस भन्ने हेतुले नि:शुल्क खाना बितरण कार्यक्रम सञ्चालन गरिएको संस्थाका अध्यक्ष भरत पुरिले बताए ।

लियाे क्लब अफ खस्यौली युथका अध्यक्ष राजिब जङ कुबरले यसरी सहकार्य गरेर समाजिक काम गर्दा अति नै पुण्यकाे काम गरेकाे भएको बताए । समाजमा हामी युवाकहरुकाे अहम भुमिका रहेकाे हुँदा हामी युवा फुटेर हैन जुटेर समाजिक कार्यमा अग्रसर रहिरहनु पर्ने बताउदै अध्यक्ष कुवरले अागामि दिनहरुमा पनि यसरी सहकार्य गरेर सामाजिक कार्यमा जुट्ने प्रतिबद्धता समेत जनाए।
निशुल्क खानाको चाैथाे हप्तामा करिब ५० जनालाई खाना खुबाएकाे र गोर्खालि परिबार संगै नाचेर रमाइलो गरेर एउटा आफ्नै घरको परिबार जस्तै रमाइलो गरेर चाैथाे हप्ताको अभियान सफल भएको संस्थाका काेषाध्यक्ष तथा कार्यक्रम संयोजक मदन खनालले जनाकारी दिए । संस्थाले बुटवलको पुष्पलालपार्कमा हरेक शनिबार बेलुका ४ बजे निशुल्क खाना खुवाउदै आएको छ ।


