हिन्दूराष्ट्रको एजेण्डा उठाए नेपालमा ठुलो दुर्घटना हुन्छ: डा. यादव - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

हिन्दूराष्ट्रको एजेण्डा उठाए नेपालमा ठुलो दुर्घटना हुन्छ: डा. यादव



काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवले नेपालमा राजसंस्था अब ईतिहास भैसकेकाले कहिल्यैपनि नफर्किने दाबी गरेका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा ऋषि धमलासँगको कुराकानीमा यस्तो दाबी गरेका हुन् ।

त्यस्तै, उनले संविधानको मूल मर्म र भावनाविपरित कोही पनि जान नहुने धारणा राखेका छन् । उनले धर्मनिरपेक्षताबाट पछि फर्कने चेष्टा कसैलेपनि गर्न नहुने सुझाएका छन् । उनले भनेका छन्,’यदि धर्मनिरपेक्षताबाट कोही ब्याक हुन खोजे नेपाल दुर्घट्नामा फस्छ, धर्मनिरपेक्षताबाट ब्याक हुनुहुँदैन् ।’

उनले कांग्रेसका केही नेताहरुले हिन्दूराष्ट्रको एजेण्डा उठाएकोतर्फ संकेत गर्दै त्यस्तो गलत काम नगर्न पनि ती नेताहरुलाई चेतावनी दिएका छन् । उनले लोकतन्त्रको मूल्य र मान्यताअनुसार सबै दल अघि बढ्नुपर्ने धारणा राखेका छन् । तर, वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार लोकतान्त्रिक मूल्य र मान्यताअनुरुप अघि नबढेको उनको गुनासो छ ।

त्यस्तै, उनले नेपालबाट राजसंस्था ईतिहास भैसकेकोले अब कुनैपनि हालतमा स्थापित हुन नसक्ने ठोकुवा गरे । अब राजसस्था फर्कन सक्दैन् । कसैले चाहेर पनि फर्कन सक्ने अवस्था छैन् । नेपालको संविधान जारी गर्दा आफूलाई निकै ठूलो दबाब रहेको स्मरण गर्दै यादवले सुनाए-‘भारतले पनि संविधान जारी नगर्नको लागि दबाब दिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त दुत पठाएका थिए । यो त जगजाहेर नै छ ।