वार्षिकोत्सवको अवसरमा झुल वितरण - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

वार्षिकोत्सवको अवसरमा झुल वितरण



घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका- १ सुखडमा रहेको सनराइज बैंक शाखाले झुल वितरण गरेको छ । बैंकको १२ औँ वार्षिकोत्सवको अवसरमा वडा नं- १ लक्ष्मीपुरको शिबिर बस्तिमा पुगेर झुल वितरण गरेको हो ।

सनराइज बैंक सुखड शाखाका प्रमुख बिर्ख बोहराले ३५ जना घर परिवारलाई प्रति घर दुई /दुई वटाका दरले झुल वितरण गरेका थिए । बैंकको १२ औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व बहन गरेको शाखाले जनाएको छ ।

सनराइज बैंकको १२ औँ वार्षिकोत्सवमा नेपाल भरी रहेका १ सय २२ ओटा शाखाले बिभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाईरहेको सनराइज बैंक सुखड शाखाका प्रमुख बिर्ख बोहराले बताए । नेपाल भरका विभिन्न शाखाहरुले वृक्षरोपण,रक्तदान,स्वास्थ्य शिबिर,वालवालिकाहरुलाई सहयोग लगायत कार्यक्रम गरि
वार्षिकोत्सव मनाइरहेको बोहराले बताए ।

सनराइज बैंक सुखड शाखाले झुल वितरण संगै शिबिरमा बसोबास गर्ने स्थानियहरुलाई डेंगु सम्बन्धी जानकारी समेत दिएको छ । डेँगु लामखुट्टेको टोकाईबाट सर्ने रोग भएको हुँदा स-साना पानीका पोखरी खास गरी वर्षाको पानि जम्ने टिनका डब्बाहरु रङका खाली ड्रमहरु ,थोत्रो टायर लगायतका चिजहरु नष्ट गर्न डाक्टर सिद्ध आचार्यले सम्पुर्णलाई आग्रह समेत गरेका थिए ।

डा. आचार्यले राति वा दिउँसोमा सुत्दा झुल भित्र सुत्ने, धेरै टाउको दुख्ने,आँखाको गेडि दुख्ने,ढाड जोर्नी मांशपेशी दुख्ने,रातो डाबर सहितका विमिरा आउने , बान्ता हुने ,पेट दुख्ने ,नाक वा गिजाबाट रगत आउने जस्तो लक्षण देखापरे तुरुन्त स्वास्थ चौकीमा जान सुझाब समेत दिए ।वार्षिकोत्सवको अवसरमा बैंकले सुखड बजार सरसफाइ समेत गरेको थियो ।