यस्तो छ प्रधानमन्त्रीको सम्बोधन रोकिनुको कारण
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गर्ने भनिएको सम्बोधन एकाएक रोकिएको छ ।
प्रधानमन्त्रीले बिहीबार दिउँसो साढे २ बजे सदनबाट गर्ने भनिएको सम्बोधन विशेष कारण स्थगित भएको उनको निजी सचिवालयले जनाएको छ ।
संविधान दिवसको अवसरमा शुक्रबार सम्बोधन गर्ने कार्यक्रम तय भएकाले आजको सम्बोधन स्थगित भएको बताइएको छ ।