नयाँ संसद भवन: डिजाइन तयार, खर्च ५ अर्ब २६ करोड - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

नयाँ संसद भवन: डिजाइन तयार, खर्च ५ अर्ब २६ करोड



काठमाडौं। देशको प्रमुख प्रशासनिक निकाय सिंहदबारभित्र स्थित पुतली बगैंचामा संसद् भवन बन्ने पक्रिया अगाडी बढेको छ ।

सरकारले सिंहदरबारभित्र संघीय संसद्को भवन निर्माण गर्न १५ वर्षअघि नै संसद्को भवन निर्माणको योजना अगाडि सारे पनि हाल आएर मात्र निर्माणको काम अगाडि बढेको हो। शहरी विकास तथा भवन निर्माण विभागले अन्तर्रा्ष्ट्रिय मापदण्डअनुसार भवनको डिजाइन गरेको छ।

आधुनिक र प्रविधिमैत्री संसद् भवन १ सय ७३ रोपनी ८ आना क्षेत्रफलमा फैलिनेछ। ५ अर्ब २६ करोडमा निर्माण हुन लागेको संघीय संसद् भवन निर्माण भएपछि संसदीय समिति, संसदीय दलको कार्यालय, संसद् सचिवालय एउटै भवनबाट सञ्चालन हुनेछ।

तीन बर्षभित्र संघीय संसद् भवन निर्माणको काम सम्पन्न गर्ने गरी काम अगाडि बढेको आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीेले खवर छापेका छन् ।