त्रिभुवन विमानस्थल बिहानैदेखि ठप्प: उडान भएन, अवतरण डाइभर्ट - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

त्रिभुवन विमानस्थल बिहानैदेखि ठप्प: उडान भएन, अवतरण डाइभर्ट



काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहानैदेखि ठप्प बनेको छ । खराव मौसमका कारण बिहानैदेखि उडान अवतरण अवरुद्ध भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर बाक्लो हुस्सु लागेको कारण भिजिबिलिटी कम भएकाले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको हो। त्रिभुवन विमानस्थलकाका अनुसार अहिले विमानस्थलमा तीन किलोमिटर मात्र भिजिबिलिटी रहेको छ।

भिजिबिलिटी कम भएकाले विमानको उडान र अवतरण बन्द गरिएको छ। भिजिबिलिटी कम भएका कारण कतार एयरको विमान कोटेश्वर आएपछि डाइभर्ट गरिएको छ।