गायक राजेश पायल राईको घरमा आगलागी - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

गायक राजेश पायल राईको घरमा आगलागी



काठमाडौं- गायक राजेश पायल राईको काठमाडौंको बानेश्वर स्थित घरमा आज आगलागी भएको छ । आगलागीवाट के कति आर्थिक क्षति भयो भन्ने यकिन भएको छैन । प्रहरीले घटनाको मुचुल्का उठाएको छ । तर राजेश पायलको अमुल्य सामान भने जलेर नष्ट भएको छ । उनले आफ्नो गायन क्षेत्रवाट पाएको महत्वपूर्ण मायाको चिनो र सम्मान पत्रहरु सबै जलेर नष्ट भएको छ । आर्थिक रुपले मुल्याकंन नै गर्न नसकिने दर्शक र श्रोताको सम्मान सबै जलेर नष्ट भएका छन् ।

उनको घरमा भएको आगलागी पछिको भिडियो पनि सार्वजनिक भएको छ । सो भिडियोमा राईको मुख्य कोठाका सबै सामान जलेर नष्ट भएको देखिन्छ । उनको कोठामा रहेका सामानहरु छताछुल्ल अवस्थामा देखिन्छ । उनले पाएका मायाको चिनो, सम्मान पत्रहरु खरानी भएका छन् । प्रहरीले मुचुल्का उठाइरहँदा राईको अवार्ड र प्रमाणपत्रहरु जलेर कालो भएका छन् ।

आगलागीवाट राईको घरमा सबैभन्दा बढी राईकै कोठामा क्षति भएको देख्न सकिन्छ अन्य कोठामा भने त्यती धेरै क्षती नभएको बताउँछन् । छिमेकीहरुले राईको कोठाको झ्यालको सिसा फुटाएर आगो नियन्त्रणमा लिएका थिए । आगलागी कसरी भयो भन्ने कुरा पनि खुलेको छैन । घरमा आगलागी हुँदा सहयोगी महिला घरमा थिइन् । अनि घरका साइलो दाई माथिल्लो तलामा रहेका कारण आगलागी थाहा नभएको बताए । आगलागी तल्लो तलामा भएको थियो ।