प्रचण्ड आत्तिएको भन्दै विश्वप्रकाशले दिए सात 'स' को फर्मुला - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

प्रचण्ड आत्तिएको भन्दै विश्वप्रकाशले दिए सात ‘स’ को फर्मुला



काठमाडौं- सोमबार बिहान एक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विरोधीलाई प्रतिकार गर्न कार्यकर्तालाई निर्देशन दिएलगत्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उनलाई संयम् बन्न सुझाव दिएका छन्।

अध्यक्ष प्रचण्डले परिवर्तन विरोधीहरुलाई प्रतिकार गर्न कार्यकर्तालाई निर्देशन गिएका थिए । उक्त निर्देशनको जवाफमा शर्माले प्रचण्ड आत्तिएको भन्दै सात ‘स’ फर्मुला सिकाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै आवेग र उत्तेजनामा नबहकिन समेत प्रचण्डलाई सुझाव दिएका हुन्।

प्रतिकारको अपिल होइन `राजनेता´हरुले परिमार्जनको संकल्प र नेतृत्व गर्नुपर्छ भन्दै उनले लेखेका छन्, ‘संघर्षबाट प्राप्त परिवर्तन आवेग, उत्तेजना र प्रतिकारले होइन सात ‘स’ ले सबल बन्छ, ती हुन् –१. संयम्, २. संवाद, ३. सृजनशीलता, ४. सौहार्दता ५. समन्वय, ६. सकारात्मक सन्देश र ७. समृद्धिको गति,’

सोमबार बिहान पोष्टबहादुर बोगटीको स्मृतिसभामा प्रचण्डले केही समययता प्रतिक्रियावादीहरु सल्बलाएको टिप्पणी गर्दै मुलुकको परिवर्तन संस्थागत गर्नका लागि परिवर्तन विरोधहरुको प्रतिबाद गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए।