गृहमन्त्रीका भाइको बयान बाझियो - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

गृहमन्त्रीका भाइको बयान बाझियो



काठमाडौं– गुण्डा नाइके समिरमान बस्नेतसंग मिलेर फिरौती संकलनमा सक्रिय भएको अभियोगमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाले आफूले सुन्धारास्थित केन्द्रीय कारागारमा गएर समीरमान बस्नेतलाई नभेटेको भन्दै इन्कार गरेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोसँगको बयानमा उनले यस्तो बताएका हुन्।

अनुसन्धानका क्रममा थापाले केन्द्रीय अनुसन्धान ब्युरोसँगको बयानमा बस्नेतलाई नचिनेको दाबी पनि गरेका छन् ।

केन्द्रीय कारागारको सुरक्षार्थ खटिएका इन्स्पेक्टर विपिन ओझाले भने नरेशले बस्नेतसँग जेलभित्रै भेटेको आफूले देखेको बयान दिएका छन् । ब्युरोसँगको बयानमा नरेशले फिरौती संलग्न धन्दाका आठ आरोपीमध्ये तीन जनालाई चिनेको बताएका छन् ।

बस्नेत गत वर्ष असोज २३ मा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई राजधानीको शान्तिनगरमा गाडीभित्रै गोलीप्रहार गरी हत्या गरेको घटनाका मुख्य आरोपी हुन् ।