कडा सुरक्षामा पनि देखाइयो राष्ट्रपतिलाई कालो झण्डा - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

कडा सुरक्षामा पनि देखाइयो राष्ट्रपतिलाई कालो झण्डा



काठमाडौँ – वसन्तपुरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई कालो झण्डा देखाइएको छ। सुरक्षाको निकै कडा व्यवस्था मिलाएर दर्जनौंलाई पक्राउ गरेर पनि कालो झन्डा देखीइएको छ ।

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले इन्द्रजात्राको अवलोकन गर्न गएकी राष्ट्रपति भण्डारीलाई कालो झण्डा देखाएका हुन्।

सरकारले गुठी विधेयकमार्फत धर्म संस्कृनि मास्न लागेको भन्दै बस्नेतले शुक्रबार दिउँसो वसन्तपुर पुगेकी भण्डारीलाई कालो झण्डा देखाएका हुन्। उनलाई पक्राउपछि भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखिएको प्रहरीले जनाएको छ।

राष्ट्रपतिलाई कालो झण्डा देखाउन आशंका प्रहरीले दिउँसैदेखि धरपकड गरेको थियो। त्यस क्रममा करिब ८० जनालाई नियन्त्रणमा लिइएको थियो।